द्वन्द्वात्मक भौतिकवादसँग विज्ञानको सम्बन्ध

द्वन्द्वात्मक भौतिकवादसँग विज्ञानको सम्बन्ध

द्वन्द्वात्मक भौतिकवाद एउटा वैज्ञानिक विश्व दृष्टिकोण हो । यसको वैज्ञानिक स्वरुप, कुन कुरामा अभिव्यक्त हुन्छ भने यसले सामाजवादलाई विज्ञानमा बदलिदिन्छ । समाज विज्ञानलाई विकसित गर्दै समस्त विज्ञानलाई मानवजातिको सेवामा कसरी विकसित गर्न सकिन्छ भन्ने कुरा बोध गराउँछ । समाजवाद तथा वैज्ञानिक साम्यवाद मानव जातिले निर्माण गर्ने उच्चतम तथा वैज्ञानिक समाज व्यवस्था हो ।

सामान्यतया द्वन्द्वात्मक भौतिकवाद कुन अर्थमा एउटा वैज्ञानिक दृष्टिकोण हो भने यसले कुनै त्यस्तो दर्शन प्रतिपादन गर्ने चेष्टा गर्दैन जुन विज्ञानभन्दा माथि होस्, बरू यसले विश्वलाई आफ्नो अवधारणाको आधार विज्ञानका विभिन्न साखाहरुको खोजलाई बनाउँछ । विज्ञानका विभिन्न साखाहरुको समष्टिगत प्रगति आर्दशवादविरूद्ध भौतिकवादको प्रगति नै हो, त्यसबाहेक विज्ञानले विश्व प्रगतिको मानव जातिको अवधारणा अपरिहार्य रुपमा द्वन्द्वात्मक हुनुपर्छ भन्ने सिद्ध गर्दछ । शक्तिको रुपान्तरण, जीवन वैज्ञानिक डार्विनको क्रमिक विकासको सिद्धान्त, प्राणीहरुका जीवकोषहरुको सिद्धान्त जस्ता विगतका मान जातिहरुले गरेका महान् खोज र अनुसन्धानहरुले प्रकृतिको द्वन्द्वात्मकता सिद्ध गरिदिएका छन् ।

द्वन्द्वात्मक भौतिकवाद, मार्क्सवादी, लेनिनवादी पार्टीको विश्व दृष्टिकोण वास्तवमा एउटा वैज्ञानिक विश्व दृष्टिकोण हो । मार्क्सवादी–लेनिनवादी पार्टी सर्वहारा श्रमजीवी वर्गको राजनीतिक अगुवा संस्था हो । उसको नेतृत्वदायी अंग हो । द्वन्द्वात्मक भौतिकवाद वस्तुलाई मनपरी प्रकारले पूर्व कल्पित अनुमानहरुबिना ती जुन रुपमा छन् त्यही रुपमा बुझ्ने कुरामा आधारित हुने हुनाले यसले के कुरामा जोड दिन्छ भने वस्तुहरुका बारेमा मानिसहरुका धारणा वास्तविक जाँचबुझ र अनुभवमाथि आधारित हुनुपर्दछ । व्यवहार तथा नयाँ अनुभवको प्रकाशमा तिनीहरुलाई निरन्तर खारिरहनु र फेरि पनि खारिनु आवश्यक हुन्छ ।

वास्तवमा द्वन्द्वात्मक भौतिकवादको अर्थ हो, वस्तुहरुलाई ती जस्ता छन् त्यस्तै रुपमा बुझ्नु भौतिकवाद हो भने वस्तुहरुलाई उनीहरुका वास्तविक अन्तरसम्बन्ध र तिनीहरुको गतिशीलताको रुपमा बुझ्नु द्वन्द्ववाद हो । यस्तो कुरा दुनियाँका अरू दर्शनहरुको बारेमा भन्न सकिन्छ । ती सबैले एक वा अन्य प्रकारका मनोगत पूर्वाग्रह बनाउँछन् तथा ती पूर्वाग्रहको आधारमा एउटा प्रणाली निर्माण गर्ने गर्दछन् ।
मार्क्सवादको वैज्ञानिक स्वरुप विशेष गरेर त्यसको समाजवादलाई विज्ञानमा बदलिदिने कुरामा अभिव्यक्त हुन्छ । समाजवादीहरुले कल्पना गरेझैं मार्क्सवादीहरुले आफ्नो समाजवादको आधार एउटा आर्दश समाजको लागि योजना बनाउँछन् ।

तर उनीहरुले समाजवाद व्यवहारमा कसरी हासिल गर्न सकिन्छ भन्ने कुरा देखाउन सक्तैनन् । मार्क्सवादले इतिहासको वास्तविकता, गतिशीलता, विशेषतः पुँजीवादी समाजका आर्थिक नियमको गतिको विश्लेषणलाई आधार बनाएर समाजवादलाई विज्ञान बनाइदियो र यो समाजवाद समाजको क्रमिक विकासमा कसरी एउटा आवश्यक अग्रगामी चरणको रुपमा उदित हुन्छ तथा कसरी त्यो खाली मजदुर वर्गको संघर्षद्वारा पुँँजीपति वर्गको पराजय र सर्वहारा अधिनायकत्वको स्थापनाद्वारा कायम गर्न सकिन्छ भन्ने कुरा प्रदर्शित गर्यो ।

यसरी मार्क्सवाद स्वयम् मानव समाजको इतिहासको निर्माणमा वैज्ञानिक तरिकाले प्रस्तुत हुन्छ । यस विषयमा फ्रेडरिक एंगेल्सले लेख्नुभएको छ– ‘समाजवाद जहिलेदेखि विज्ञान बन्न पुग्यो, त्यतिखेरदेखि नै त्यसले विज्ञानको जरूरी अनुमान गरिन्छ त्यसरी नै उसको अनुमान गरियोस् अर्थात् त्यसको अध्ययन विज्ञानको झैं गरियोस् भन्ने माग गर्दै आएको छ । हाम्रो कार्य के हुनेछ भने त्यसरी बढेको उत्साहका साथ श्रमजीवी जनसमुदायबीच संगठन फैलाएर पार्टी र ट्रेड युनियन दुवैका संगठनहरुलाई अझ बढी दृढताका साथ निर्माण गर्नु ।

समाजको वैज्ञानिक अध्ययनबाट के सिद्ध हुन्छ भने मानव इतिहास चरण–चरणमा निश्चित नियमहरु अनुसार विकसित हुन्छ । मानिस स्वयं यस विकासमा मुख्य शक्ति हो । त्यसकारण समाज विकासका नियमहरुलाई बुझेर मार्क्सवादीहरुले स्वयं आफ्नो संघर्षको बाटो पहिल्याउन सक्नुपर्दछ र स्वयं आफ्नो समाजवादी भविष्यको निर्माण गर्न सक्नुपर्दछ । यिनै वस्तुगत कारणहरुले वैज्ञानिक समाजवाद विज्ञानहरुमध्ये सबेभन्दा महान् र सबैभन्दा महत्वपूर्ण छ ।

समाजको वैज्ञानिक अध्ययनबाट के सिद्ध हुन्छ भने मानव इतिहास चरण चरणमा निश्चित नियमहरुअनुसार विकसित हुन्छ । मानिस स्वयं यस विकासमा मुख्य शक्ति हो । त्यसकारण समाज विकासका नियमहरुलाई बुझेर मार्क्सवादीहरुले स्वयं आफ्नो संघर्षको बाटो पहिल्याउन सक्नुपर्दछ र स्वयं आफ्नो समाजवादी भविष्यको निर्माण गर्न सक्नुपर्दछ । यिनै वस्तुगत कारणहरुले वैज्ञानिक समाजवाद विज्ञानहरुमध्ये सबैभन्दा महान् र सबैभन्दा महत्वपूर्ण छ ।

मार्क्सवादी–लेनिनवादीहरुले विज्ञानका खोजहरुलाई मानव जातिको हितको लागि समुचित उपयोग गर्न कसरी सुनिश्चित गर्न सक्दछन् ? खाली वैज्ञानिक समाजवाद–मार्क्सवाद–लेनिनवादले मात्रै यस प्रश्नको उत्तर दिन्छ कि यसले मार्क्सवाद–लेनिनवादीहरुलाई इतिहासको निर्माण गर्ने शक्ति कुन हुन् भन्ने कुरा सिकाउँछ तथा यसरी उनीहरुलाई अहिले उनीहरुले स्वयम् कसरी आफ्नो इतिहास बनाउन सक्छन्, समाजलाई कसरी बदल्न सकिन्छ, उनीहरुको भविष्य स्वयम कसरी निर्धारण गर्न सक्छन् भन्ने कुरा बताउन सक्छ । त्यसकारण यसले विज्ञानलाई मानव जातिको सेवामा कसरी विकसित गर्न सकिन्छ भन्ने कुरा मार्क्सवादी–लेनिनवादीहरुलाई सिकाउँछ ।

भौतिक विज्ञानले परमाणु शक्ति कसरी निकाल्न सकिन्छ भन्ने कुरा माक्र्सवादीहरुलाई सिकाउँछ तर त्यसले त्यो शक्तिलाई सामाजिक उपयोगका लागि कसरी नियन्त्रित गर्ने हो भन्ने क’रा उनीहरुलाई सिकाउन्न । त्यसको लागि जुन चीजको आवश्यकता छ, त्यो परमाणु विज्ञान होइन, बरू समाज विज्ञान हो ।

कुनै पनि अर्थमा द्वन्द्वात्मक भौतिकवाद विज्ञाभन्दा माथिको दर्शन होइन । यस विषयमा फ्रेडरिक एंगेल्सले लेख्नु भएको छ– ‘आधुनिक भौतिकवादलाई विज्ञानभन्दा माथि खडा हुने कुनै दर्शनको आवश्यकता छैन । जहाँ विज्ञान हरेक बेग्लै शाखाको लागि वस्तुुहरुको महान समष्टिगत रुपमा हाम्रो बुझाइमा आफ्नो स्थितिलाई स्पष्ट पार्नु आवश्यक हुन्छ यो समग्रसित सम्वन्धित एउटा विशेष विज्ञान आवश्यक हुनजान्छ ।

ड्युहरिङ मतखण्डन एंगेल्सले पुनः अगाडि लेख्नुहुन्छ– ‘द्वन्द्वात्मक भौतिकवाद वास्तवमा अव एउटा दर्शनमात्र रहेन, अपितु विश्वको दृष्टिकोण बन्न गएको छ, जसलाई आफ्नो वैधता स्थपित गर्नु छ तथा बेग्लाबेग्लै खडा भएका विज्ञानहरुको विज्ञानमा लागू गरिदैन, बरू सकारात्मक विज्ञानभित्र लागू गरिन्छ । त्यसकारण दर्शनको उन्मूलन र संरक्षण दुबै गरिन्छ । उन्मूलन त्यसको रुप र संरक्षण त्यसको विषय हो’ – ड्युहरिङ मतखण्डन ।