काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपाले ओली सरकारबाट बाहिरिएको घोषणा गरेको छ । नेकपाको दुई तिहाईको सरकारलाई समर्थन गरेर सरकारमा सहभागी भएको थियो । कैलाली क्षेत्र.नं. १ बाट निर्वाचित राजपाका सांसद् रेशम चौधरीसहित ११ जनालाई टीकापुर घटनाको दोषी करार गरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएको घोषणा गरेको हो । उक्त कुरा राजपा अध्यक्ष मण्डलका अध्यक्ष महेन्द« राय यादवद्वारा जारि गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यादवद्वारा जारी गरिएको विज्ञप्तिमा जिल्ला अदालतले गरेको फैसला प्रति खेद व्यक्त गर्दै उक्त फैसलाका विरुद्धमा आदिवासी, जनजाति, शोषित, उत्पिडित जनसमुदायलाई संघर्षमा उत्रन अपिल समेत गरिएको छ ।

हार्दिक शुभकामना !

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित खवर