कमरेड कृष्णदास श्रेष्ठ निधनको आज १३ औं दिन, क्रान्तिकारी माओवादीले २७ गते श्रद्धाञ्जली सभा गर्ने


काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका शीखर व्यक्तित्व, पहिलो पुस्ताका नेता, माक्र्सवादी चिन्तक, लेखक तथा अनुवादक कमरेड कृष्णदास श्रेष्ठ निधन भएको आज १३ दिन भएको छ । परिवारले आज सबै आफन्त, क्रान्तिकारी माओवादी लगायत सबै कम्युनिस्ट तथा वाम पार्टीका नेता कार्यकर्ताहरुलाई निवासमा श्रद्धाञ्जली तथा भेटघाटका निम्ति निमन्त्रणा गरेको छ ।

कमरेड कृष्णदास श्रेष्ठ आवद्ध नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले २७ गते श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पार्टी केन्द्रीय समितिको आयोजनामा इच्छुक साँस्कृतिक प्रतिष्ठानमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको पार्टी कार्यालय सचिव कमरेड कगेन्द्रले जानकारी दिए । उनका अनुसार श्रद्धाञ्जली सभाका निम्ति कमरेड कृष्णदास श्रेष्ठका परिवार तथा आफन्त, विभिन्न कम्युनिस्ट पार्टीका नेताहरु, विभिन्न प्रतिष्ठानहरु सबैलाई श्रद्धाञ्जलीका निम्ति निमन्त्रणा गरिएको छ ।