पश्चिम नेपालमा अभियानका क्रममा मेचीमहाकाली जनजागरण अभियान बर्दियामा पुगेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाको नेतृत्वमा रहेको मेचीमहाकाली अभियानलाई बर्दियामा बर्दियाका सेक्रेटरी भूकम्पले स्वागत गरेपछि राजापुर बजारमा कोणसभा सम्पन्न गरिएको थियो ।
कोणसभापछि अभियान टिमले बर्दियाकै भालुफाँटाको श्रीलंकास्थित भुमरीमा भारतले गरेको सीमा अतिक्रमणको निरीक्षण तथा अबलोकन पनि गरेको थियो ।