
राजविराज । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियान टिमले प्रदेश नम्बर १ को चार दिवसीय जनजागरण अभियान भव्य रुपमा सम्पन्न गरी प्रदेश नम्बर २ मा प्रवेश गरेको छ ।
प्राप्त खबरअनुसार शुक्रवार दिउँसो प्रदेश नम्बर २ मा प्रवेश गरे लगत्तै सप्तरी जिल्लाको राजविराजमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई देजमो केन्द्रीय अध्यक्ष सीपी गजुरेल र स्थायी समित सदस्य तथा प्रदेश इञ्चार्ज हरिभक्त कँडेल प्रतिकले सम्बोधन गरेका थिए । कोणसभाको सञ्चालन सीसीएम् मोहन तामाङले गरेका थिए ।
राजविराज लगत्तै सप्तरीकै कल्याणपुरमा अर्को कोणसभा सम्पन्न भएको थियो । उक्त कोणसभालाई कृष्णदेव सिंहले एकल सम्बोधन गरेका थिए । सम्बोधनमा उनले मेचीमहाकाली अभियानको उद्देश्य, सन्देश र अपेक्षाहरुका बारेमा प्रकाश पार्दै वर्तमान दलाल सरकारका विरुद्ध उठी देश बचाउन लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।





























