‘मर्निङ शोज् द डे’ : सफल सुरुआत

प्रकाशित मिति : २०७५ फाल्गुन ८

काठमाडौं । आईसीसी महिला विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपाली महिला टिमले सफल सुरुआत गरेको छ । छनौट खेल थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा भएरहेको छ । मंगलबार भएको पहिलो छनौट खेलमा खेलमा नेपाली टिमले मलेसियाली टिममलाई ३४ रनले पराजित गर्न सफल भएको छ । नेपाली टिमले दिएको १२७ रनको लक्ष्य पछ्याउँदै मलेसियाली टिम निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जममा ९२ रनमा समेटिएको थियो ।

मलेसियाली खेलाडी विकेटकिपर क्रिस्टिना बारेटले २१ रन जोड्न सफल भएकी थिइन् । उनी बाहेक अरु दुई जना विन्फ्रिड दुराइसिंघमले १८ रन तथा सासा आजमीले १६ रन जोड्न सफल भएका थिए । नेपाली टिमका तर्फबाट करुणा भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएकी थिइन् । अन्य खेलाडीहरुमा सरिता मगरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट हात पार्नुका साथै सीता राना मगर र कविता कुवँरले १–१ विकेट लिन सफल भएका थिए ।

अब नेपालले २१ फेब्रुअरीमा आयोजक थाइल्यान्डसँग खेल्दै छ । त्यसपछि २२ फेब्रुअरीमा यूएईविरुद्ध खेल्नेछ भने २४ मा हङकङ, २५ मा चीन र फेब्रुअरी २७ मा कुवेतसााग खेल्ने भएको छ ।