ईयुबाट अलग्गिदा बेलायत–आयरल्याण्डबीच तनाव उत्पन्न हुने

प्रकाशित मिति : २०७५ माघ २६

काठमाडौं । प्रधानमन्त्री टेरिजा मेले युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिट सम्झौताबाट पछि नहट्ने बताएकी छिन् । उनको यो भनाइसँगै यसले बेलायत र आयरल्याण्ड बीचको सम्बन्धमा थप तनाव पैदा गरेको छ । युरोपीय युनियनसँग जोडिएको उत्तरी आयर ल्याण्ड र बेलायतको आयरल्याण्ड बीचको सिमानामा ब्रेकजिटपछि निकै कडाइ गरिने भनिकाले यो तनाव पैदा हुन गएको हो ।

यद्यपि ब्रेक्जिटको प्रस्ताव भने बेलायती संसदबाट पास हुन सकेको छैन र उल्टै प्रधानमन्त्री मेले राजीनामा दिनु पर्छ भनी जोडदार आवाज पनि उठिरहेको छ । संसदमा असफल प्रम मे भने ब्रेकजिट कार्यान्वयन हुने र गरिने पक्षमा नै रहेकी छिन् । विपक्षी लेबर पार्टीले भनेअनुसार संशोधन गरेरै भए पनि ब्रेकजिट गरिने आशय मेले प्रकट गरेकी छिन् । यदि विपक्षी दलको यो कुरा मेलाई स्वीकार्य छ भने बेलायत ब्रेकजिटको विषयलाई लिएर अर्को जनमतसंग्रहमा जाने छ । यसका लागि प्रम मेले आउँदो साता प्रस्ताव लिएर दुवै सदनमा जाने छिन् ।

युरोपीय युनियनबाट ब्रिटेन अलग हुनका लागि गरिएका सबै गृहकार्यका रुपमा संसदमा पेश गरिएको प्रस्ताब अस्वीकृत भएपछि अन्यौलता बढेको छ । यो अन्याौलता चिर्न र आफूले ल्याएको ब्रेकजिटको प्रस्ताव पारित गर्न मे मरेर लागि परेकी छिन् किनकि यो उनको राजनीतिक जीवनको आन्तिम, तर महत्वपूर्ण राजनीतिक क्यारियर बनाउने एजेण्डा हो । यदि प्रम मे यो एजेण्डामा असफल भइन् भने उनको दुई दशकको राजनीतिक क्यारियर पूरै असफल भएको मानिने छ ।

यसलाई सफल बनाउन प्रम मेले अर्को एउटा कुराको पनि बलिदानी गर्नुपर्ने छ । त्यो हो, उत्तरी आयरल्याण्ड र र बेलायती आयरल्याण्ड बीचको सिमानामा कडाइ कम गरिनु पर्ने बेलायती नीति निर्माण । यसका लाागि निकै भावुक र आवेशपूर्ण सम्बोधनहरु प्रम मेले निकै पटक गरिसकेकी छन् । उनले ब्रेक्जिट डिललाई बेलायतको भविष्य भनेर दोहर्याईतेहर्याई संबोधन गरिरहेकी छिन् । उनले आफू सत्तामा रहेको अवधिको अन्तिममा बेलायत तथा बेलायती जनताका लागि ब्रेकजिटजस्तो अविस्मरणीय काम गरेर जाने कुरामा समेत् जोड दिइरहेकी छिन् ।