फेसबुकमा ‘म्यासेज डिलेट’ को नयाँ फिचर लागू, दश मिनेटभित्र सबैका लागि र सधैंका लागि म्यासेज डिलेट गर्न सकिने

फेसबुकमा ‘म्यासेज डिलेट’ को नयाँ फिचर लागू, दश मिनेटभित्र सबैका लागि र सधैंका लागि म्यासेज डिलेट गर्न सकिने

एजेन्सी । फेसबुकले मंगलबार (हिजो) देखि म्यासेज डिलेटको नयाँ फिचर प्रदान गरेको छ । अब यस फिचरबाट फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासेज सबैकालागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन् । गत जनवरीमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस फिचर ल्याउने बताएका थिए ।

कसरी गर्ने त म्यासेज डिलेट
फेसबुकमा जोडिएका कसैको म्यासेज बक्समा आफूलाई नरुच्ने खालको म्यासेज गए । त्यस म्यासेज तपाईले दश मिनेट भित्र डिलेट गर्नसक्नु हुनेछ । यसरी डिलेट भएको म्यासेज पहिलेजस्तो अर्को प्रयोगकर्ताले देख्ने छैनन् ।

–डिलेट गर्न चाहेको म्यासेज दश मिनेट भित्र क्लिन गर्नुहोस्।

– त्यहाँ रिमुभ अप्सन देखिनेछ। त्यसमा क्लिक गर्नुहोस्।

–त्यहाँ रिमुभ फर यू र रिमुभ फर इभरीवन अप्सन देखिनेछ।

–रिमुभ फर इभरीवनमा क्लि गर्नुहोस्।

–म्यासेज सबैका लागि डिलेट हुनेछ ।