सामसुङले ल्यायो ग्यालेक्सी एम १० र एम २०, अहिलेसम्मकै सस्तो स्मार्टफोन

प्रकाशित मिति : २०७५ माघ १५

काठमाडौं । दक्षिण कोरियाली प्रविधि तथा स्मार्टफोन कम्पनी सामसुङले सस्तो ग्यालेक्सी स्मार्टफोन ल्याउने भएको छ । चिनियाँ मोबाइल तथा स्मार्टफोनसँग प्रतिस्पर्धा गराउन सामसुङले सस्तो दरको स्मार्टफोन बजारमा ल्याउने बताएको छ ।

सामसुङले त्यस्ता सस्तो फोन सुरुवातमा भारतमा ल्याउने जानकारी दिएको छ । भारतको प्रविधि बजार तिव्र रुपमा बढिरहेको छ । तर, त्यहाँ चिनियाँ मोबाइलहरु लोकप्रिय हुन थालेपनि सामसुङले समेत चीनलेभन्दा सस्तो स्मार्टफोन ल्याउन लागेको हो । सन् २०१२ देखि सामसुङले भारतमा प्रसिद्धी कमाएको छ । यद्यपी गतवर्ष चिनियाँ कम्पनी शाओमीले सामसुङलाई जित्दै भारतमा शीर्ष रोजाइको मोबाइल बन्न सफल भयो ।

शाओमीसँगै चीनकै हुवावे, ओप्पो र भिभो स्मार्टफोन सामसुङका लागि विश्वभर प्रतिस्पर्धीको रुपमा उत्रिएको छ । ती फोनहरु भारतमा पनि उत्तिकै लोकप्रिय छन् । हुवावेले सन् २०२० भित्र सामसुङलाई उछिन्ने दाबीनै गरिसकेको अवस्था छ ।

सोमबार सामसुङले ग¥यो दुई नयाँ सस्तो स्मार्टफोन सार्वजनिक
ग्यालेक्सिी सेरिजको एम १० र एम २० अब भारतमा फेब्रुअरी ५ तारिखदेखि पाइनेछ । ती फोनहरुको मूल्य ११२ अमेरिकी डलर पर्नेछ । (लगभग ८ हजार) यो फोन अहिलेसम्मकै सस्तो हुने कम्पनीको भनाइ छ ।