छोराको कुटाइले गयो बुबाको ज्यान

छोराको कुटाइले गयो बुबाको ज्यान

सांकेतिक फाेटाे

दमक । झापाको दमकमा बाबु छोराकोबीच विवाद भएपछि छोराले बुबालाई कुट्दा बुबाको मृत्यु भएको छ ।

बुधबार दिउँसो दमक– १ स्थित फाल्गुनन्द चोक बस्ने बुबा राजन न्यौपाने र छोरा विशाल न्यौपानेबीच घरायसी विषयमा झगडा भएको थियो । सोही क्रममा छोरा विशालको कुटाइबाट ५८ वर्षीय बाबु राजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । कुटपिटबाट बुबाको छाती र टाउकोमा चोट लागेको थियो ।

कुटाइबाट गम्भीर घाइते भएका उनको स्थानीय लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्यूरो अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए । प्रहरीले घटनाको आवश्यक अनुसन्धानका लागि छोरा विशाललाई नियन्त्रणमा लिएको छ ।