काठमाडौं । यसअघि रेस्टुरेन्ट तथा बारले लिइरहेको १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने भएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) ले रेस्टुरेन्टहरुमा लिइदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको हो ।
रेवान काठमाडौं, पोखरा र सौराहाको सोमबार बसेको बैठकले बार तथा रेस्टुरेन्टहरुमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क क्रमिकरुपमा हटाउने निर्णय गरेको हो ।
बैठकपछि एक विज्ञप्ति जारी गर्दै उपभोक्ताको हित र अनुरोधलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ । यो निर्णय सँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेष्टुरेण्टमा सेवा प्रयोग गरेबापत कुनै शुल्क नलिइने रेवानले जनाएको छ ।