के आईएस्लाई हतियार बेच्दै छन् ट्रम्प?

सिरिया युद्धबाट अमेरिका फिर्ता

प्रकाशित मिति : २०७५ पुस ६

काठमाडौं । लामो समयदेखि एशियाली भूमि सिरियामा अमेरिकाले चलाइरहेको इस्लामिक स्टेट (आईएस्) विरुद्धको लडाइँमा आईएस् पूर्ण रुपमा पराजित भएको भन्दै अमेरिकाले आफ्ना सेनाहरुलाई घर फिर्ती हुने आदेश दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकी सेना बुधवार फिर्ता गरिने छ ।

सेना फिर्तीका विषयलाई लिएर अमेरिकाभित्रै र मूलतः पश्चिमा जगतमा निकै ठूलो हलचल पैदा भएको छ । ‘आईएस् समाप्त नभएको’, ‘पुनर्जीवित हुन सक्ने’, ‘लडाइँ जारी नै रहेको’, ‘ट्रम्पले खेलवाड गरेको’ जस्ता तर्कहरुले पश्चिमा सञ्चारमाध्यमहरुमा बजार पाइरहेका छन् । तर पेन्टागनले भने सिरियामाथि दोस्रो ठूलो सैन्य आक्रमणको तयारी रहेको कुरा प्रचारमा ल्याएको छ ।

अमेरिकी सेना सिरियाबाट फिर्तीको कुरालाई अमेरिकाले रिटिटका रुपमा व्याख्य गनृ खोजेको देखिएको छ भने अन्य मुलुकहरुले हार खाएर फर्किएको रुपमा अर्थ्याउन थालेका छन् । यसका साथै यदि अमेरिकाको दोस्रो आक्रमणको तयारीका रुपमा व्याख्या गर्ने हो भने उसले अमेरिकी सेना त्यहाँबाट हटाएर अन्धाधुन्ध हवाई आक्रमण र भीषण नरसंहारको रणनीति लिएर आउने देखिन्छ । विगतका उसका कमी कमजोरीहरुलाई नियाल्ने हो भने अफ्गानिस्तानमा अमेरिकाले आफैले खसालेको बमगोलाबाट आफ्नै बटालियन सिध्याएको थियो । यसले अमेरिकामा ठूलो हंगामा नै मच्चाएको थियो । त्यसो फेरि नहोस् भन्नका लागि सेना फिर्ता गरी हवाई आक्रमणमा अमेरिका उत्रने तयारी गरेको अनुमान पनि गरिंदै छ ।

आन्तरिक रुपमा पेन्टागनको तयारी त के छ खुलाइएको छैन, तर ट्रम्पले उल्टै आईएस्सँग हतियार बेच्ने सहमति गरेको वा गर्नसक्ने अनुमानहरु पनि राजनीतिक वृत्तमा चल्न थालेको छ । ट्रम्पको अहिले सम्मको व्यवहार त्यसैका वरिपरि रिंगिरहेको देखिन्छ । उत्तर कोरियाका राष्ट्रपतिलाई सिंगापुरम भेटी मेरो हतियार किन म तिमीमाथि लगाएको नाकाबन्दी खुला गरिदिन्छु भनेको कुरा खुल्नमा आएको छ ।

त्यसै गरी साउदी युवराजलाई पत्रकार खसोग्जीको हत्या आरोप लगाउँदै तर उनी आफ्ना मित्र भएकोे व्याख्या गर्ने ट्रम्पले साउदी अरबलाई पत्रकार हत्याको निहुँ बनाएर अमरिकी हतियार भण्डारमा परिणत गर्दै छन् । विश्लेषकहरु त यहाँसम्म पनि भन्छन् कि खसोग्जीको हत्या गराएपछि हतियार बेच्न सकिने योजना ट्रम्पकै हुन पनि सक्छ । उनी निहुँ खोज्ने, लडाइँ गर्ने र बाध्यात्मक अवस्था सिर्जना गराएपछि हतियार बेच्ने नीति चतुर्याइँका साथ लागू गर्नमा लागिरहेका छन् ।

युद्ध नसकिंदै सिरियाबाट अमेरिकी सेना फिर्ता गरिन थाल्नु, युरोपलाई बारम्बार धम्क्याइरहनु र रसिया तथा चीनमाथि आक्रामक बनेर प्रस्तुत हुनु ट्रम्पको राजनीतिक प्रवृत्ति बनेको छ । उनले हिटलरलाई रसियासँग लडाएको दोस्रो विश्वयुद्धको साम्राज्यवादी कुटनीति आईएस्मा प्रत्यारोपण गरी चतुर्याइँपूर्वक प्रयोग पनि गर्न सक्छन् ।

हालसम्मका अमेरिकी राष्ट्रपतिहरुमा ट्रम्प नै यस्ता पात्र हुन् जो सानोभन्दा सानो कुरामा चासो राख्ने र आफैले अवलोकन र प्रयोग नगर्दासम्म अरुको पत्यार नै नमान्ने गरिरहेका छन् । सिरिया युद्धसँगै आईएस् बन्दी नेताहरुमार्फत् उनले यो कुटनीति आइएस्का उपल्लो तहका नेताहरुसम्म पठाएको पनि हुन सक्छ । यी तर्कहरु अबका केही साताभित्रै व्यवहारमा अभिव्यक्त हुने राजनीतिक विश्लेषकहरुको अनुमान रहेको छ ।

अमेरिकी सेना घर फिर्ती र आईएस्माथि अर्को आक्रमणको मनोवैज्ञानिक प्रचारको घुम्टोभित्र युद्धको ठूलो तयारी भइरहेको र ट्रम्प त्यसको योजनाकार रहेको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले खुलस्त गरिरहेका छन् । तात्कालीन सोभियत सत्ताका विरुद्ध ओसामा विनलादेनलाई तोराबोराको पहरामा माइनिङ सुरुङहरु खनेर आधुनिक हातहतियारले सुसज्जिनत बनाई लडाएको अनुभव अमेरिकीहरुलाई छ । यो पनि प्रयोगमा आउनसक्ने ट्रम्पको अनुमानलाई नजरअन्दाज गर्न मिल्दैन ।

यसैबीच सिरियाबाट अमेरिकी सेना फिर्तीका लागि भएको मतभेदमा ह्वाइट हाउसका सबैभन्दा वरिष्ठ अधिकारी जेम्स मेटिसले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले ट्रम्पसँग काम गर्न अप्ठेरो भएको जनाउँदै ट्रम्पसँग मिल्ने, काम गर्न सजिलो हुने, उनी निकट रहेका, आफूभन्दा दक्ष र सक्षम मानिस नियुक्त गरी कामकार्य सहजीकरण गर्न आफूले राजीनामा दिएको बताएका छन् ।