एजेन्सी । टर्कीको राजधानी आंकारा नजिकै भएको रेल दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । दुर्घटनामा परेको रेल तीव्र गतिको रेल हो ।

दुर्घटना एउटा रेलले अर्को रेललाई ठक्कर दिँदा भएको थियो । स्थानीय समयअनुसार विहान साढे ६ बजे दुर्घटना भएको हो । दुर्घटनापछि घाइतेको उद्धार गरी अस्पताल भर्ना गरिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको छ । गत जुलाइमै टर्कीमा एक रेल लिग बाहिरजाँदा २४ जनाको मृत्यु भएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर