साउदी अरब अमेरिकी हतियार भण्डारमा परिणत हुँदै

साउदी अरब अमेरिकी हतियार भण्डारमा परिणत हुँदै

काठमाडौं । मध्यपूर्व तेलको भन्दा पनि अमेरिकी हतियारको भण्डार बन्दै गएको भनी इरानले चिन्ता व्यक्त गरेको छ । यो चिन्ता अहिले मध्यपूर्वको शान्तिका लागि सबैको समान चासोको विषयका रुपमा उठिरहेको छ । एशियाका लागि त यो पहिलेदेखि नै टाउको दुखाइको विषय बन्दै आएको थियो ।

जर्ज बुशपछिको दुई दशक अमेरिकी शासन डेमोक्र्याटको हातमा गएपछि मध्यपूर्वले दबाब र तनाबको केही कम महसुस गरेको थियो । तर अहिले ट्रम्प आएपछि त्यो सुस्तता र खुकुलोपन रहन सकेन । पत्रकार खसोग्जीको हत्यापछि त झन् ट्रम्प प्रशासनले साउदी अरबलाई हतियार किन्ने र बोक्ने भरिया नै बनाएका छन् । यसले समग्र अरबमा ठूलो चिन्ता ल्याएको छ ।

साउदी अरबलाई बोकेर अमेरिकाले अहिले अरबमा लडाइँको वातावरण तयार पारिरहेको छ । यसका साथै इरानमा पनि साउदी अरब र इजरायलको गठबन्धन गराएर आक्रमणको तयारी पनि गरिरहेको बताइएको छ ।

हाल अमेरिका यमनी विद्रोहीमाथि साउदी अरबलाई बोकेर निर्मम दमनमा उत्रिइरहेको छ । यमनीहरुमाथिको साउदीको दादागिरी निकै अमानवीय र क्रुर प्रकारको छ । यो लडाइँमा इरानले विद्रोहीहरुको साथ दिइरहेको छ ।