एभरेष्ट प्रिमियर लिगः ललितपुरले दियो चितवनलाई १४४ रनको विजय लक्ष्य

एभरेष्ट प्रिमियर लिगः ललितपुरले दियो चितवनलाई १४४ रनको विजय लक्ष्य

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको आइतबारको पहिलो खेलमा ललितपुर प्याट्रियोट्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ४४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४३ रन बनाएपछि चितवनले १४४ रनको लक्ष्य पाएको हो । ललितपुरका लागि सोनु तामाङले नटआउट ३५ रनको योगदान दिए । सोनुले २४ बलमा १ चौंका र ३ छक्का प्रहार गरे ।

त्यस्तै गौरब तोमारले ३०, सन्दीप जोराले नटआउट २५ र जयकिशन कोल्सवालाले २० र सन्नी पटेलले १९ रनको योगदान दिए । चितवनका लागि जर्ज स्कटले २ तथा ललित भण्डारी, कमलसिंह ऐरी र पाउल स्टिर्लिङले एक–एक विकेट लिए । हिजोको ओपनिङ खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो ।

यो समाचार बनाई राख्दा चितवनको अहिलेको स्थिति ५ ओभरमा ३ विकेट गुमाउँदै १६ रन बनाएको छ । जसमा सन्दीप लामिछानेले २ र सन्नी पटेलले १ विकेट लिएका छन् ।