इण्डोनेसियामा हतियारधारी समूहको आक्रमणमा परी २५ जनाको मृत्यु

प्रकाशित मिति : २०७५ मंसिर १९

एजेन्सी । इण्डोनेसियामा एक हतियारधारी समूहले आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ ।

पूर्वी प्रान्त पपुवामा गत आइतबार रोड निर्माणमा खटेका २४ कामदारको हत्या भएको थियो । आक्रमणको खबरपछि प्रहरी तथा सेना घटनास्थल पुगेका थिए । सोहि क्रममा हतियारधारी समूहले प्रहरी र सेनामाथि समेत आक्रमण गरेका थिए ।

सो क्रममा एक सेनाकोपनि ज्यान गएको थियो । प्रहरीले आक्रमण तथा हत्याको आरोप विखण्डनवादी लडाकुहरुमाथि लगाएका छन् । ती विखण्डनवादी लडाकुहरुले दशकदेखि पपुवालाई अलग गरिनुपर्ने मागसहित सरकारसँग युद्ध गरिरहेका छन् ।