लाजमर्दो कुरा गरे मन्त्री अधिकारीले

लाजमर्दो कुरा गरे मन्त्री अधिकारीले

काठमाडौं । तात्कालीन एमाले नेता रविन्द्र अधिकारी पर्यटन मन्त्री बन्ने बित्तिकै उनलाई वायुसेवा निगममा रमझमको विकासे तमासा देखाउन मन लाग्यो । आफू गएको संरचना कस्तो छ, के गरिनु पर्ने हो, थाह भएन । कर्मचारीको ‘हस् हजुर’मा आफूलाई महान मान्छे देखे । वायु सेवा निगम प्रमुख कंसाकारको ‘कंशको आकार’ पहिचान गर्नतिर लागेनन् । अन्य कर्मचारीहरुले भनिरहेकै थिए– ‘कंसाकारले अर्को मूर्गा पायो’ ।

उनी निकै हौसिएर नेपाल सरकारको अर्बौ डलर दुईवटा वाइड बडी विमानको खरिदका नाममा उडाए । त्यो खरद गरिएको हो वा भाडामा लिइएको हो, कुनै पनि सबुत सार्वजनिक गरिएको छैन । बरु प्रश्न उठ्दा मन्त्री अधिकारी प्वाक्कै बोलिदिए– यो झुठा ठहरेमा राजनीतिबाटै सन्यास लिन्छु । गाउँघरमा जनै छोएर किरिया खाएको जस्तो गरी बोले उनी । उनको यो भनाइपछि कमचारीहरु त हाँसे नै साधरण जनता पनि हाँसे ।

उनले अरु कुनै उपाय देखेनन् । लागे अर्थमन्त्री खतिवडाको दौराको फेरो समाउन । चाहे जति रकम माग पनि गरे । तर अर्थमन्त्री खतिवडाले रकम दिन नसकिने भन्दै साझेदार खोज्न सल्लाह दिए । उनले सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित भएर एकपटक ढाँटे कि साझेदार ल्याएपछि वाइड बडी उड्छ । उपस्थित कोही पनि उनका पक्षमा देखिएनन्, तर उनी बालशुलभ बोलीमा बर्बराइ रहे । उनको जोड थियो– ‘लगानी गर्नसक्ने पार्टनर नै खोज्छु, निगम डुब्न दिंदैन’ । उनले त यतिसम्म पनि भन्न भ्याए कि नेपालका के कुरा संसारभर सबै एयरलाइन्सले पार्टनरीमा त चलाएका छन् ।

उनको आशय वाइड बडी चलोस् कि नचचलोस् ढाँटेर केटाकेटी तर्क गरेर उम्किए त भयो नि त । कतिसम्म लाजमर्दो कुरा गरे भने पार्टनर खोजेर चलाए पनि ब्राण्ड चाहीं सरकारकै हुने छ । तर कुरा के हो भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपाली विमान कम्पनीहरुमाथि लगाएको प्रतिबन्ध हटाएको छैन । उनले मन्त्रीको हैसियत देखाउँदै आईकाओको मापदण्डलाई ईयूले किन नमान्ने भनेर मजाक पनि गरे ।