भक्तपुर । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ९३ प १४१९ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे दुर्घटना हुँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भक्तपुर सूर्यविनायक बस्दै आएका श्रेष्ठको उपचारको क्रममा नागरीक अस्पताल गठ्ठाघरमा गएराति सवा १२ बजे मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेको सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् । उनकोे नागरीक अस्पतालमै उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । कुमारले चलाएको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किएको थियो ।