‘पोल पोलमा फोटो झुण्ड्याइयो, अब श्री ५ केपी ओली मात्र लेख्न बाँकी’

‘पोल पोलमा फोटो झुण्ड्याइयो, अब श्री ५ केपी ओली मात्र लेख्न बाँकी’

बुटवल । नयाँ युगको सुरुवात भयो भन्दै ओली नेतृत्वको सरकारले काठमाडौं लगायत मुख्य सहरहरुमा केपी शर्मा ओलीको फोटा विजुलीका पोल पोलमा झुण्ड्याउने कार्यप्रति कडा टिप्पणी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले सामन्ती राजामहाराजालाई माथ खुवाउने कार्य भएको बताएका छन् । एमाले–माकेले ‘कम्युनिस्ट’को नाममा प्राप्त गरेको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दावी गर्दै उनले भने, ‘अहिले सरकारले नयाँ युगको कुरा गर्दै पोल पोलमा ओलीको फोटो झुण्ड्याउने काम गरेको छ, अव श्री ५ केपी ओली लेख्न मात्रै बँकी छ ।’ उनले ओली सरकारले जतिसुकै गम्भीर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था रहेकोले जनतामा निरासा छाएको पनि बताए । ९ महिनामा सरकारले राष्ट्रिय स्वाधीनताको उपहास गरेको चर्चा गर्दै गजुरेलले भने– ‘सरकार बनेयताका सबै घटनाक्रमले ओली सरकार कम्युनिस्ट, बामपन्थी पनि होइन रहेछ भन्ने पुष्टि मात्रै भएको छैन, यो दलाल प्रतिक्रियावादीहरुको सरकार रहेछ भन्ने सबै जनताले अनुभूति गरेका छन् ।” सरकारले लिम्पियाधुरा–कालापानी–लिपुलेक, सुस्ता लगायत १० हजार वर्ग किमिभन्दा बढी भूभाग गायब पारिएको नक्कली नक्सा सरकारी कार्यालयहरुमा प्रयोग भइरहेको यति संवेदनशील विषयमा पनि कुनै चासो, चिन्ता र नेपालको वास्तविक नक्सा प्रयोगमा कुनै पहलकदमी नलिएको देख्दा बडो आश्चर्य लागेको भन्दै नेता गजुरेलले ओली सरकारको यो राष्ट्रघाती दलाल प्रवृतिको डटेर भण्डाफोर गर्न मोर्चाले देशव्यापी अभियान चलाउने पनि घोषणा गरे ।

बुटबलमा पत्रकारहरुसँग शनिबार कुरा गर्दै नेता गजुरेलले जथाभावी कर असुलेर जनतामाथि बैधानिक शोषण गरेको भन्दै ।करको दायरा फराकिलो बनाउने बहानामा दुनियामा नै नभएको विभिन्न करहरु बढाएकोमा त्यसको कडा विरोध गरे । जनताका समस्याहरु समाधान गर्नुको सट्टा सरकारले कर वृद्धि गरेर अतिरिक्त भार जनतालाई बाकाएकोले अनावश्यक करहरु तत्काल खारेज गर्नुपर्ने पनि धारणा राखे ।

निर्मला पन्त हत्या काण्डमा सरकार पुर्णरुपमा नै असफल भएको नेता गजुरेलको ठहर छ । अब विस्तारै यो घटना अन्तर्राष्ट्रियकरण हुन थालेको भन्दै यसमा देशको अवस्था के कस्तो भन्ने विषयमा जनताले बुझ्ने बेला आएको पनि उनले बताए ।

उनले सरकारले शिक्षामा माफियाकरण गरेको भन्दै गोविन्द केसीको माग पुरा गर्न नसक्नु आफैमा लज्जाको विषय भएको बताए । उनले भने –‘माफियाहरुकै कब्जामा देश रहेको छ, दलाल र नोकरसाही पुँजीपतीको कब्जामा देश गैसक्यो ।’ उनले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारले पञ्चायतमा पञ्चेहरुले गर्ने भष्ट्राचार भन्दा पनि बढि भष्ट्राचार भएको उनको दावी रहेको छ । मन्त्रीहरुकै संलग्नतामा भएको भ्रष्चारलेले देश कंगालीकरणतर्फ अगाडि बढेको उनको छ ।

राष्ट्रपतिलाई १८ करोडको गाडी, गरिब जनतामाथिको उपहास

राष्ट्रपतिले १८ करोडको गाडी किन्नु गरिब जनतामाथि उपहास गर्नु बाहेक केही नभएको नेता गजुरेलको टिप्पणी छ । अस्पतालमा विरामीहरुको विजोग रहेको बेला जनताको उपचारमा भन्दा पनि आफ्नो सेवा सुविधा वृद्धिमा लागेको भन्दै उनले हेलीप्याड सहितको उपराष्ट्रपति निवास बनाउन खोज्नु आफैमा लज्जाको विषय भएको टिप्पणी गरे ।

यी सबै समस्याहरुको समाधान के हुन सक्छ त भन्ने पत्रकारहरुको जवाफमा नेता गजुरेलले भने, “अब आन्दोलनको आँधिवेहरी उठाएर मात्र यसको समाधान गर्न सकिन्छ ।’ अहिलेको सरकारले गरेका देश र जनताविरुद्धका निर्णयहरु सच्याउन जनदबाबको विकल्प नरहेको ष्किर्ष सुनाए । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको वास्तविक समाधानका लागि आन्दोलनको विकल्प नरहेको ठहर गर्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका नेता गजुरेलले पार्टीको जारी बैठक संघर्षका योजना निर्माणमै केन्द्रित रहेको बताए ।

जनघात र राष्ट्रघातका चाङ लगाउँदै गएकाले अहिलेको ओली नेतृत्वको सरकारलाई ५ बर्ष सम्म टिक्न दिन नहुने विचार व्यक्त गरे । ओलीको विकल्प अर्को नेता नभएर समस्या राजनीतिक व्यवस्थाका कारण उत्पन्न भएकाले अहिलेको दलाल राज्यव्यवस्थालाई नै बदल्नुपर्ने तर्क गरे । वर्तमान सत्ताको विकल्प भनेको नयाँ जनवादी सत्ता भएको भन्दै त्यसको स्थापनाका लागि क्रान्तिको तयारी गरिरहेको क्रान्तिकारी माओवादी नै वैकल्पिक राजनीतिक शक्ति भएको नेता गजुरेलको दावी छ । उनले भने– ‘स–साना कामबाट नै
क्रान्तिकोको सुरुवात हुन्छ ।’ भेटघाटमा स्थानीयदेखि राष्ट्रिय मिडियाहरुमा कार्यरत दर्जनौं पत्रकारहरुको सहभागिता रहेको थियो ।