ओप्पो ए सेवेन नेपाली बजारमा

प्रकाशित मिति : २०७५ मंसिर १२

काठमाडौं । नेपाली बजारमा स्मार्ट फोनको प्रतिस्पर्धा चलिरहँदै गर्दा ओप्पोले आफ्नो शक्तिशाली ब्याट्री क्षमता भएको ओप्पो ए सेवेन सार्वजनिक गरेको छ ।

हाल ओपो ए सेवेनका लागि हट सेल्स कयाम्पेन चलिइरहेको कम्पनीले जनाएको छ । ब्रान्ड फ्रेन्डका रुपमा नायिका स्वस्तिमा खड्काको साथमा नोभेम्बर १५ मा फस्र्ट सेल्स कार्यक्रमको आयोजना गर्दै ओपोले फोनको बिक्री आरम्भ गरेको जनाएको छ ।

शक्तिशाली ब्याट्री, फेसनेबल डिजाइन, उत्कृष्ट कार्यक्षमता, पृथक वाटर ड्रप डिजाइन र एआई इनेबल्ड क्यामेरा सहितको यो फोनको मूल्य ३५ हजार सात सय ९० रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । यसमा ४२३० एमएएच क्षमताको ब्याट्री छ ।