मोरङ । पूर्व–पश्चिम राजमार्गस्थित मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा मंगलबार राति ट्रिपरले मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो ।

हार्दिक शुभकामना !

गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त ट्रिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर