काठमाडौं । सेनेगलका स्ट्राइकर साडियो मानेले इङ्लिस क्लब लिभरपुलसँगको सम्झौता लम्ब्याउँदै पुन लिभरपुलबाटै खेल्ने भएको छ । उनी सन् २०१६ मा अर्को इङ्लिस क्लब साउथह्याम्टनबाट ३४ मिलियन पाउण्डमा ५ वर्षको लागि लिभरपुलमा आएका थिए । लिभरपुलबाट ८९ खेल खेलेका उनले ४० गोल गरेका छन् ।

लिभरपुल र मानेबीचको नयाँ सम्झौता अनुसार उसले अब प्रत्येक साताको १ लाख ५० हजार पाउण्ड पाउनेछन् । २६ वर्षीय मानेले आफ्ना अरु समकक्षी मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले क्लबसँगको सम्झौता लम्ब्याएपछि आफू पनि लिभरपुल बस्न चाहेको बताएका छन् ।

हार्दिक शुभकामना !

गत सिजनको च्याम्पियन्स लिगको फाइनलसम्म क्लबलाई पुर्याउन महत्वपूर्ण भूमिका खेलेका माने क्लबमा वर्षको उत्कृष्ट खेलाडी बनिसकेका छन् । मानेले लिभरपुलमा आफ्नो पहिलो सिजनमा २० खेलमा १० गोल गरेका थिए ।

रसिया विश्ककपमा देशको प्रतिनिधित्व गर्दा उनले ३ गोल गरेका थिए । विश्वकप पश्चात् माने स्पेनिस क्लब रियाल मड्रिड जाने हल्ला समेत चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर