न्यूज एजेन्सी । पाकिस्तान स्थित चिनियाँ दूतावासमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ । पाकिस्तानको कराँची सहरस्थित क्लिफ्टन इलाकामा रहको चिनियाँ राजदूतावासमा शुक्रबार बिहान भएको हमलामा उनीहरुको मृत्यु भएको हो । पाकिस्तानी सुरक्षाकर्मीका अनुसार कारमा चढेर आएका आक्रमणकारीले दूतावास परिसरमा गोली बर्साएका थिए । गोली लागेर सुरक्षामा तैनाथ रहेका दुई सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको छ ।

आतंककारीहरु कारसहित दूतावास परिसरमा पस्ने कोशिश गरेका थिए । तर सुरक्षाकर्मीले उनीहरुलाई रोकेका थिए । त्यसपछि भएको भिडन्तका क्रममा एक आक्रमणकारी मारिएका छन् । न्यूज एजेन्सीहरुका अनुसार दूतावास नजिकै बिहान साढे ९ बजे गोली चलेको थियो ।
घटनास्थलमा रहेका सुरक्षा अधिकारी इकराम सहगलका अनुसार दूतावास सुरक्षामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमणकारीले कार भित्रैबाट गोली चलाएका थिए ।

गोली बर्साएपछि घटनास्थलमै दुई सुरक्षाकर्मी ढलेका थिए । त्यसपछि आक्रमणकारी कन्सुलेटको गेटतर्फ अघि बढेका थिए । तर तत्कालै दूतावासको मुलगेट बन्द गरिएकाले आक्रमणकारी भित्र छिर्न सकेनन् । मुलगेट समयमा बन्द गर्न सकिएकाले त्यहाँ धेरैजनाको ज्यान जोगिएको बताइएको छ । आक्रमणपछि दूतावासभित्र रहेका कर्मचारी र सर्वासधरणलाई तत्काल सुरक्षित स्थानमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर