मणिपुरमा गिरफ्तार विद्यार्थीहरु विनाशर्त रिहाइको माग

मणिपुरमा गिरफ्तार विद्यार्थीहरु विनाशर्त रिहाइको माग

काठमाडौं । भारतको पश्चिम मणिपुर जिल्लाको गोल्टोर इलाकाबाट चारजना आन्दोलनकर्मीहरुलाई गिरफ्तार गरी हिरासतमा लिइएको बारेमा १४ वटा विद्यार्थी संगठनहरुले विरोध जनाउँदै उनीहरुको विना ढिलाई र विनाशर्त रिहाइको माग गरिएको छ । चारजना मध्ये दुई जना तिपु सुल्तान र अर्कदीप गोस्वामी युनाइटेड स्टुडन्ट डेमोक्र्याटिक फ्रन्ट कलकत्ताका विद्यार्थीहरु हुन् ।

नोभम्बबर १२ मा गिरफ्तार गरिएका उनीहरुलाई गिरफ्तार गरिएको दुईदिनपछिमात्र नाोभम्बर १४ मा अदालतमा उपस्थित गराइएको थियो । हिरासतमा रहँदा उनीहरुलाई नराम्रो गरी पिटिएको छ, र मुखमा ठूलाठूला चोटपटक लागेको पाइएको छ ।

उनीहरुलाई हाल भारतीय दण्डसंहिता भाग १२१ को १२१ ‘ए’ र १२० ‘बी’ अनुसार राज्य विरुद्धको विद्रोह, राज्य विरोधी षड्यन्त्र गरेको आरोपमा २२०–१८ केस नं. १३.११.१८ लगएर मुद्दा चलाइएको छ । उनीहरुलाई १२४ ‘ए’ १४९ अन्तर्गत शान्तिसुरक्षामा खलल पुर्याएको भन्दै सांगठनिक अपराध अन्तर्गत् मुद्दा दायर गरिएको छ । १४९ को सांगठनिक अपराध अन्तर्गत उनीहरु जोडिएका संगठनहरुका सबैलाई उक्त मुद्दा लगाइने गरी थुनामा राखिएको छ ।

युनाइटेड स्टुडन्ट डेमोक्र्याटिक फ्रन्टले वास्तविकता सार्वजनिक गर्दै भनेको छ– मणिपुरको जंगलमहलमा ७ जना भोकमरीले मारिएपछि उकत कुराको अनुसन्धानका लागि त विद्यार्थीहरु त्यहाँ पठाइएका थिए । पश्चिम बंगालअन्तर्गत पर्ने यो इलाकामा उनीहरुलाई माओवादीको आरोपमा गिरफ्तार गरिएको छ ।

देशभरका साथै अन्तर्राष्ट्रिय विद्यार्थी संगठनहरुले यसको कडा निन्दा तथा भत्र्सना गर्दै भारतीय सरकारले माओवादीको नाममा गिरफ्तार गरेका विद्यार्थीहरुलाई नक्कली र झुट्ठा मुद्दा नलगाएर विनाशर्त र विलम्बविना रिहाइ गरोस् भनी माग गरेका छन् ।

रिहाइको माग गर्नेहरुमा सोसलिस्ट विद्यार्थी युनियन मणिपुरका महासचिव भूषण लंजाम, दिल्लीस्थित मणिपुर स्टुडन्ट्स अशोसियसनका महासचिव के. जावेद मेहेदी, चैतन्य महिला संगमकी प्रशन्ना, आघर म्यागेजिनका आजमल खान, एआईआरएस्ओका अक्षय, अम्बेडकर भगतसिंह स्टडी सेन्टरका रोहन, स्टुडेन्टस् अपराइजिङ मुभमेन्ट फोर सोेसल वेलफेयर, तमिलनाडुका दिनेश, स्टुडन्ट युथ कोअर्डिनेशन अगेन्स्ट पुलिस ब्रुटालिटी केरलाका श्रीकान्था, र्याडिकल स्टुडेन्ट्स फोरुम केरला, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यालय सचिव शिलु न्यौपाने, छात्र जनमञ्च बांगलादेशका सइद विलास, नेश्नल कमिटी रिभोल्युशनरी स्टुडन्टस्युथ मुभमेन्ट बांगलादेशका अतिफ अनिक र फिलिपिनो विद्यार्थी लिगका राष्ट्रिय प्रवक्ता कारा लेनिना टागाओ रहेका छन् ।