स्थानीयबाट पनि कर असुली : भ्रमण वर्ष २०२० प्रभावित हुँदै

प्रकाशित मिति : २०७५ मंसिर ८

काठमाडौं । नेपालको पर्यटन मन्त्रालयले राखेको भ्रमण वर्ष २०२० निकै प्रभावित हुने देखिएको छ । स्थानीय तथा प्रदेश सरकारहरुले ठाउँठाउँमा पर्यटकहरुबाट पर्यटन शुल्क लिने नीति निर्माण गरी कार्यान्वयनमा ल्याएपछि यो समस्या पैदा भएको हो । तीन तहका सकारहरुले आआफूले छुट्टाछुट्टै रकम असुुल्न थालेपछि अबको २ वर्षपछि हुन थालेको पर्यटन वर्ष २०२० सफल नहुने अनुमान गर्न थालेका छन् ।

पर्यटनका लागि स्थानीय तथा प्रादेशिक सकारहरुबाट पर्यटकीय स्थलहरुको पहिचान, निर्माण र भ्रमणका लागि सेवासुविधा उपलब्धताको कुरामा भन्दा पनि भएका र जीर्णावस्थामा रहेका ठाउँहरुको भ्रमणको पनि मनखुशी शुल्क असुल्न थालेको बताइएको छ । एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकामा भ्रमणका लागि जाँदा रकम लिन थालेपछि स्थानीय जनता छक्क पर्न थालेका छन् ।

संघीय सरकारले यसका बारेमा केही पनि बोलेको छैन । तथापि स्थानीय तथा प्रदेश सरकारले भने यो आफूहरुको अधिकारको कुरा भएकाले संघीय सरकारको इच्छा र चासोको विषय नभएको बताएका छन् । यदि संघीय सरकारले कर असुलीको मामलामा दिने निर्देशनहरु भए अवज्ञा गरिने पनि बताएका छन् ।

हाल स्थानीय स्तरमा रहेका ताल तलाउ, नदी, जंगल, देवस्थल, खानी, भीर पहरा तथा प्राकृतिक सौन्दर्यता अवलोकनका लागि गउकाहरुबाट पनि कर लिन थालिएको स्थानीयले बताएका छन् ।