कपिलवस्तु । गत वर्ष सम्पन्न प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख)बाट स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्रकुमार चौधरी (राजा बाबु)को हत्या भएको छ ।
कपिलवस्तुको शुद्धोधन गाँउपालिका–४, मोतीभारीस्थित घर नजिकैको सडकमा चौधरीलाई शुक्रबार राति करिब १० बजेतिर गोली हानिएको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका उनलाई लुम्बिनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएकामा राति नै उनको मृत्यु भएको पकडीस्थित इलाका प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार हत्या गरिएको स्थानमा गोलीका तीनरचार खोका भेटिएका छन् । केही शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । चौधरीको शव अहिले भैरहवाकै मेडिकल कलेजमा राखिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर