काठमाडौं । जलवायु परिवर्तन केवल नाटक हो । यो डेमोक्र्याटहरुको देखाइ खाने भाँडो मात्र हो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले जलवायु परिवर्तनका असरहरु असामान्य रुपमा देखा पर्न थाले आश्चर्यमा परेको बताइएको छ । उनी विश्वमा हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धि सन्धि, अभिसन्धिबाट पछि हटेर काम गरिरहेको अवस्थामा छन् ।
तर उनकै आँखा अगाडि भयंकर आगलागी हुने, समुद्री तटहरु डुबानमा पर्ने, ज्वारभाटा अनियमित रुपमा चल्ने र सामान्य अवस्थामा पनि हुरी आउने र सुनामी चल्ने गर्दा जलवायु परिवर्तनको असामान्य उलटफेर अमेरिकी जनताले महसुस गर्ने गरिरहेका छन् ।
यसबाट टम्पमा ठूलो आन्तरिक तथा मनोवैज्ञानिक दबाब सिर्जना भएको छ । जलवायु परिवर्तन सम्बन्धि प्यारिस संझौताबाट पछि हटेका ट्रम्प निकै असामञ्जस्यतामा फसेका छन् । अमेरिकामा परिकल्पना नगरिएका रोगब्याधीहरुको विकास, तिनको प्रतिरोधी क्षमता र नयाँ खालको आक्रमणका कारण आजसम्म स्वास्थ्य विज्ञानले विकास गरेका औषधि, यन्त्र र प्रविधि तथा उपचारको प्रक्रियाले धान्न सक्ने अवस्था छैन ।
त्यसैगरी मानिसको शरीरमा पनि रोग प्रतिरोधी क्षमताको ह्रास हुँदै जानु, औषधिको अत्यधिक सेवनले शरीर प्रयोगशाला जस्तो बन्दै जानु र संसारम रहेका प्राणीहरुमध्ये सबैभन्दा कमजोर प्राणीका रुपमा रहनुले जलवायु परिवर्तनको असर सबैभन्दा बढी मानिसमा परेको छ ।
स्वास्थ्य वैज्ञानिकका अनुसार यो असर संसारमा सबैभन्दा बढी अमेरिकामा रहेको बताएका छन् । प्रकृति र प्राकृतिक वातावरणभन्दा धेरै टाढा रहेर मानव निर्मित अनुकुलनमा अमेरिकाकै मानिसहरु बाँचिरहेका छन् । यिनीहरु कुनै पनि समयमा आधा घण्टा जाति पनि प्रकृतिसँग हेलमेल हुने समय पाइरहेका छैनन् ।
कृत्रिम वातावरणले त यतिसम्म पनि छोपिसकेको छ कि प्राकृतिक वातावरणको क्षणभरको सम्पर्कमा आउँदा पनि उनीहरु रमाउन सक्तैनन् । उनीहरु प्राकृतिक वातावरणमा रोगले संक्रमित हुने र विरामी हुने समेत् गर्दछन् ।