काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको निर्वाचन विजयको कारण रुसी हस्तक्षेप थियो वा थिएन भनेर अमेरिकी अनुसन्धान समितिले सोधेको प्रश्नहरुको जवाफ दिएका छन् । सुरुसुरुमा निकै अटेरी र अकमण्य देखिएका ट्रम्प अन्तिममा जवाफ दिन बाध्य भएका थिए ।
जवाफ दिएर फर्केपछि ‘सोधिएका सबै प्रश्नहरुको सजिलै जवाफ दिएँ’ भन्दै एक परीक्षार्थी जस्तो निकै हल्का रुपमा ट्रम्प सञ्चार माध्यमहरुमा देखा परेका थिए । जे कुरा सोधिएको थियो, साको राम्रो जवाफ दिएको र केही कुराले पनि नअड्काएको उनको दाबी थियो । निकै असहज महसुस गर्दै सोधिने प्रश्नहरुको तयारी गरेका ट्रम्पले ठूलो परीक्षा पास गरेको जस्तो अनुभूति सुनाएका थिए ।
रबर्ट मूलर नेतृत्वको छानविन प्रश्नकर्ता टोलीलाई निकै लम्बेथान प्रश्न सोधेको भनेर आक्रोश पनि व्यक्त गरेका थिए । उनले यी प्रश्नहरुको लिखित जवाफ पनि दिनु पर्ने भएकाले आफ्ना वकिलहरुलाई नलेखाई आफैले लेखेर दिने पनि स्वघोषणा गरेका छन् ।
अमेरिका जस्तो अतिमहाशक्ति राष्ट्रका प्रमुखलाई यस्ता नचाहिंदा प्रश्नहरु सोधेर लज्जाबोध गराएको गुनासो पनि उनले गरेका छन् । उनले त यति सम्म पनि भन्न भ्याए कि यी सबै बदनियतपूणै रुपमा गरिएका थिए ।
तर जे होस् उनी जनताका कठघरामा भने उभिन बाध्य भए