ब्राजिलमा कार्यरत आफ्ना ८ हजार चिकित्सकलाई क्युवाले फिर्ता बोलायो

प्रकाशित मिति : २०७५ मंसिर १

एजेन्सी । आफ्ना ८ हजार चिकित्सकलाई क्युवाले स्वदेश बोलाएको छ । ब्राजिलमा कार्यरत ८ हजार आफना चिकित्सकलाई स्वदेश फर्कन क्यूवा सरकारले निर्देशन दिएको हो । ब्राजिलको राष्ट्रपतिमा निर्वाचित जेर बोल्सोनारोले चिकित्सकको योग्यताप्रति प्रश्न उठाएपछि क्यूवाले स्वदेश फर्कन निर्देशन दिएको हो । चिकित्सकको तलबको ७५ प्रतिशत क्युवाले राख्ने तथा परिवारको साथमा समेत नपठाउने ब्राजिलका नवनिर्वाचित राष्ट्रपति बोल्सोनारोले आरोप लगाएका छन् । बोल्सोनारोले आगामी जनवरीबाट कार्यकाल सुरु गर्नु अघी नै क्युबाले चिकित्सक फिर्ता गर्ने निर्णय गरेको हो । चिकित्सक फिर्तापछि ब्राजिलको ग्रामिण ईलाकामा स्वास्थ्य सेवा प्रभावित हुनेछन् । क्युबाले मुलुकको मुख्य आम्दानीका लागि चिकित्सकलाई अन्य मुलुकमा कामका लागी पठाउने गरेको छ । ६७ देशमा कार्यरत चिकित्सकबाट क्युबा सरकारले बार्षिक ११ अर्ब डलर आम्दानी गर्दै आएको छ । स्थानीय चिकित्सक जान नमानेका ग्रामिण तथा गरिब बस्तीमा क्युबाली चिकित्सक कार्यरत छन् । कार्यकाल सुरु हुनुअघि नै आफ्नो अभिव्यक्तिका कारण राष्ट्रपति