
काठमाडौं, कात्तिक २७ । अमेरिकाको क्यालिफोर्नियामा लागेको भीषण आगलागीमा परी कम्तिमा ४२ जनाको मृत्यु भएको छ ।
बिहीबारदेखि सुरु भएको उक्त आगलागीमा परेर ४२ जनाको मृत्यु भएको र दुई सय २८ जनाभन्दा बढी अवस्था अज्ञात रहेको त्यहाँको विपद् व्यवस्थापन विभागले जनाएको छ ।
मंगलबार थप १३ जनाको लाश भेटिएको अधिकारीहरुले बताएका छन् । आगलागीको खतरा मध्यनजर गर्दै २ लाख ५० हजारले घर छाडी सुरक्षित स्थानमा गएका छन् । आगलागीलाई नियन्त्रणमा लिन संयौ प्रहरी तथा उद्धारकर्ताहरु खटिएका छन् ।