काठमाडौं । वैश्वीक रणनीतिक महत्वको नाका साउथ चाइना सी अहिले पनि अन्तर महादेशीय तनावको विषय बनिरहेको छ । स्वरुपमा देखापर्दा चीन र दक्षिण चीनको सामुद्रिक सीमावरिपरि रहेका अन्य ससाना एशियाली देशहरुका बीचमा जस्तो देखिने तर चीन र अमेरिका बीचको रणनीतिक तनावको रुपमा रहेको यो विवाद निकै तन्कदो अवस्थामा छ ।

हार्दिक शुभकामना !

चीनले आफ्नो रणनीतिक पहुँच विस्तारका लागि समुद्रभित्रका मुगाका पहाडहरु, जलाशयहरु। आकर्षक प्राकृतिक टापुहरु, तेलका खानी र ग्यासहरु तथा अन्तर्राष्ट्रिय व्यापार र व्यवसाय बढाउन आफ्नै गिरानीखमा राख्न चाहिरहेको छ । तर यसको प्रतिद्वन्द्वी अमेरिका भने साउथ चाइना सीका यी सबै कुराहरु आफ्नो हात पार्न चाहन्छ । अमेरिकाको उद्देश्य भनेको एशिया महादेशका प्राकृतिक स्रोतसाधनहरु आफ्नो हातमा पार्न सके एक त रणनीतिक रुपमा एशियामा आफ्नो पहुँच बढाउन सकिने र अर्को चीनलाई घेर्न र तबाहतबाह बनाई अतिमहाशक्ति हुनबाट रोक्ने दाउँमा देखिन्छ ।

अहिले चीन अमेरिकाले उसका पानी जहाजहरु, पण्डुब्बीहरु र हवाइ जहाजहरु साउथ चाइना सीमा नपठाओस् भन्ने चाहन्छ । उसको सार्वजनिक भनाइ पनि छ कि अमेरिकाका कारण साउथ चाइना सीमा विवाद बढिरहेको छ । यदि अमेरिका यो क्षेत्रमा देखा नपरेमा साउथ चाइना सी सीमाना भएका एशियाली देशहरुमा कुनै पनि विवाद र दुस्मनी नै छैन ।

तर अमेरिका भने अन्तर्राष्ट्रिय कानुनले दिएसम्म हवाइ जहाज, पानी जहाज तथा डुँगाहरु साउथ चाइना सीमा लगातार चलाइरहने छ । अमेरिकाको यस्तो कुटनीतिक जवाफ आएपछि चीनले अमेरिकासँग सापेक्षिक स्थिर सैन्य सम्बन्ध कायम गर्न माग गरेको छ ।

गत महिनामा यस्तोखाले कुराकानी गर्न चीनले अमेरिकालाई निम्तो पनि गरेको थियो, तर अमेरिकाले ताइवानलाई हतियार बेचेपछि बेइजिङले यो कुराकानी रद्द गरेको थियो । बेइजिङले चीनको रणनीतिक तथा फौजी चासोलाई अमेरिकाले नजरअन्दाज गर्न मिल्दैन । चीन आफैले पनि साउथ चाइना सीमा सिमाना रहेका देशहरुलाई एकएक गरी कुरा गर्ने र सबेसँग राम्रो सम्बन्ध स्थापित गर्ने प्रक्रियालाई अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर