फाइल फाेटाे

काठमाडौं, कात्तिक २७ । विदेशबाट ल्याएको अवैध सुनसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार हिमालय एयरको विमानमा कतारबाट काठमाडौं आएका सिराहा मिर्चैया नगरपालिका–२ की रुवीकुमारी महतोलाई नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले जाँच गर्ने क्रममा भन्सार छली अवैध रुपमा लुकाई छिपाई ल्याएको १ सय ९९ ग्रामको सुनको वाला ४ थान बरामद गरेको हो ।

हार्दिक शुभकामना !

पक्राउ परेकी रुवीलाई प्रहरीले थप आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको छ । बरामद सुनको बजार मूल्य ८ लाख रुपैयाँ भन्दाबढी हुन आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर