सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

काठमाडौं । सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले पदबाट बर्खास्त गरिदिएका छन् । पहिले देखि नै उनी र मुख्यमन्त्रीबीच खटपट भइरहने गरेको थियो । यो खटपट पूर्व एमाले र मालेको निहुँका कारणले बल्झिरहने गरेको थियो । पछि पुष्पकमल दाहालको माके पनि मिसिएपछि यो तुषले अलि व्यक्त रुपमा अभिव्यक्त हुने मौका पायो ।

यही मौका छोपेर सरकारी पार्टीका तर्फबाट ७ नम्बर प्रदेशका इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा माकेबाट आएका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरिदिए । निर्मला हत्याकाण्डमा डीएस्पी विष्टलाई सघाएको र कञ्चनपुर घटनामा सनी खुनाको हत्या गर्न लगाएको भनेर भीम रावलको विरोध गरेपछि रावल उन्थनाउँदै उनलाई कारवाहीको प्रक्रियामा घचेटिदिएका थिए । रावल सनी खुनाको हत्या प्रकरणबाट सुदूर पश्चिममा बदनाम भएका छन् ।

तर उल्टै सोडारीलाई पद अनुकुलको आचरण नगरेको भनेर यस्लतो कार्वाही गरिएको रावल पक्षले दावी गरेको छ । रावलका निकटस्थ तथा दाहालका स्रोत अनुसार उनलाई पटक पटक पार्टीको सुझाव मान भने पनि नमानेको र अटेर गरेको आरोपमा पदबाट हटाउन निर्देशन दिइएको हो ।

बर्खास्त गर्नुअघि प्रदेश इन्चार्ज भीम रावलले मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीलाई किन अझसम्म कारवाही नगरेको भनेर हकार्दै स्पष्टीकरण मागेका थिए । रावलको खप्कीपछि रन्किएका भट्टले सोडारीलाई हटाइएको घोषणा गरेका थिए । पूर्व मालेका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई भने यो घटनाका बारेमा केही पनि बोेलेका छैनन् ।

सरकारी पार्टीका मन्त्रीहरु बर्खास्त हुन थालेको यो देस्रो घटना हो । यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई कोठे र औंठे निर्णयबाट पदबाट हात धुन लगाइएको थियो ।