लायन एयर समुद्रमा दुर्घटनाग्रस्त

लायन एयर समुद्रमा दुर्घटनाग्रस्त

काठमाडौं । लायन एयरको बोइङ इण्डोनेशियाको नजिकै समुद्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । बोइङ ७३७ यात्रुवाहक विमान राजधानी सहर जकार्ताबाट उडेको केही मनेटपछि नै समुद्रमा खसी दुर्घटनाग्रस्त बनेको हो ।

कलसाइन जेटी ६१० भएको उक्त विमान जकार्ताबाट उडेको केही समयपछि सम्पर्कविहीन भएको थियो । १८७ जना यात्रुहरु बोकेको यो विमान समुद्रको गहिरो भागमा खसेको बताइएको छ ।

जीवित यात्रीहरु पाउन सकिने संभावना कम रहेको खबर आइरहेका बेलामा यात्रुहरुका सामान भने समुुद्रमाथि तैरिइरहेको अवस्थामा फेला परेका छन् ।