काठमाडौं । मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला रुपन्देहीको भैरहवामा यही फागुन १८ र १९ गते गरिने ठेगान गरिएको छ । मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको शनिवार चितवनमा बसेको केन्द्रीय समितिको वैठकले उक्त निर्णय गरेको हो ।

हार्दिक शुभकामना !

केन्द्रीय समितिका सबै सदस्यहरुको उपस्थितिमा गरिएको निर्णयअनुसार राष्ट्रिय भेलाको तयारीका लागि सांगठनिक तथा अन्य तयारीहरु पनि एकसँगै अघि बढाइने निर्णय लिइएको छ । जसअनुसार असोज–कार्तिक महिनामा देशव्यापी संगठन विस्तार तथा जनपरिचालन, मंसीर महिनाभर जिल्ला समितिहरुको गठन, पुनर्गठन र भेला तथा पौष–माघ दुई महिनामा स्थानीय तथा प्रदेश समितिहरुको गठन, पुनर्गठन तथा भेला गरिने छ ।

स्थानीय तथा प्रादेशिक समितिहरुको पुनर्गठन तथा भेला सकिएपछि केन्द्रीय समितिको निर्णय मुताबिक रुपन्देहीको भैरहवामा मोर्चाको केन्द्रीय भेला सम्पन्न गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर