माइक पोम्पेओ साउदी अरेबियामा

काठमाडौं । पत्रकार जमाल खसोगीको निहु बनाएर संयुक्त राज्यअमेरिकाले उसको विदेश मन्त्री माइक पोम्पेओलाई साउदी अरेबिया पठाएको छ । साउदीका राजा सलमानसँग भेट गरेर खसोगीका बारेमा गम्भीर खोधखोज गर्ने नियतका साथ उनलाई त्यहाँ पठाइएको हो ।
साउदी राजपरिवारका कट्टर आलोचक पत्रकार जमाल खसोगी गतसाता स्तानबुलस्थित महावाणिज्य दूतावासमा पसेपछि उनी त्यहाँबाट बाहिरिन नपाएको अवस्थामा बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि उनको खोजी कार्यमा अमेरिका गायतका देशहरुले गंभीर चासो प्रकट गरेका थिए । एक अमेरिकी पत्रिकासँग सम्बन्धित खसोगीलाई अमेरिकाले अमेरिकी नागरिक सरह खोजी गरिरहेको छ । तर उनी साउदी नागरिक हुन् ।

खसोगी वेपत्ताको विषयलाई लिएर साउदी अरेबिया र अमेरिकाको मात्र होइन, टर्कीले पनि गम्भीर चासो लिएकाले तनाव उत्पन्न हुन गएको छ । केही घण्टा अघि मात्र टर्कीका उच्चतहका अनुसन्धान अधिकारीहहरु स्तानबुलस्थित महावाणिज्य दूतावासमा प्रवेश गरेको छन् ।

पछिल्लो चरणमा अमेरिकाको चासोेमा लय मिलाउने दोस्रो राष्ट्रका रुपमा बेलायत पनि देखा परेको छ । अमेरिकाले यदि खसोगीको हत्या साउदी अरेबियाली सरकारले नै गरेको हो भने त्यसलाई कडा भन्दा कडा सजाय दिने भनेर सार्वजनिक गरिसकेको छ ।

पछिल्लो चरणमा आएर यसै विषयमा अमेरिकी विदेश मन्त्री त्यहाँ पठाइएपछि यो विषयले गंभीर रुप लिन थालेको बताइएको छ ।