दक्षिणपन्थ रिटर्न

दक्षिणपन्थ रिटर्न

शोषण र उत्पीडनको
अन्त्य
अत्याचारको समाप्ति
ठिहि¥याउने गरिबीबाट
मुक्ति
त्यो अन्तिम युद्ध
मानवीय जिन्दगीको
उज्यालो आशा
जे जति जडता र
जे जति रुढता
ती सबै सबैबाट
फुत्कँदै चुँडाल्दै
शताब्दीयौंदेखिका साङ्ला

हिंडियो अँध्यारोसंगै
बोलियो सपनाको बन्दुक
भयभीत भइएन
कहिल्यै पनि
गरिएन माया
आफ्नो
साँघुरो जिन्दगीको

गाइयो गीत
भविष्यको
अजङका पहाड
भत्काइयो र
बनाइयो सुन्दर बाटो
जहाँ जहाँ हिड्यौ
तिमी
जहाँ जहाँ भन्यौ
तिमीले
हिंडियो मानियो
इमान्दार मानिस भई
कत्ति पनि थाहा पाइएन
कत्ति बेला
बदलिएछौ तिमी
क्रान्तिकारीबाट
एक्कासी
दक्षिणपन्थमा रिटन्र्स्
विचारमै सरेन्डर गरी
संशोधनवादमा पतन
भएछौ
मूर्दा मानिस झैं
पत्तै पाइएन
विचारको अग्राखीपनमा
आगो लगाई
कहिले स्खलित
कहिले क्षरित
भएछौ
अगाडिबाट
एक्कासि पछाडि
फर्किएछौं
दक्षिणपन्थमा
रिटर्न भएछौ
अगाडि बढ्ने
मानिसहरु भन्छन्
अन्तिम युद्ध अर्थात्
क्रान्तिबाट पलायन
दक्षिणपन्थमा रिटर्न