काठमाडौं । मालद्विप्समा राष्ट्रपतिय निर्वाचनमा विपक्षी नेता इब्राहिम मोहमद सोलिहले विजय प्राप्त गरेपछि हालसम्म सत्ता नछाडेका राष्ट्रपति यामिनले निर्वाचन धाँधलीपूर्ण रहेको भन्दै मालदिप्सको सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
निर्वाचनमा आरामसँग जितिने भनी राष्ट्रपति यामिन ढुक्क थिए । तर निर्वाचन परिणाम उनको पक्षमा आएन । निर्वाचन लगत्तै दुईतिहाई भन्दा बढी मतपेटिका संख्या गणना गरिने बित्तिकै मतपरिणाम तात्कालिन विपक्षी उम्मेदवार सोलेहको पक्षमा बढ्दै गएपछि पक्ष र विपक्षबीच तनाब उत्पन्न हुन गएको थियो । तर मतपरिणाम तात्कालिन राष्ट्रपति यामिनले विपक्षमा गए पनि उनले सजिलै गरी हार स्वीकार गरेका थिएनन् ।
निर्वाचनको वातावरण बन्ने र बनाउने बेलादेखि नै मालदिप्समा विदेशी शक्तिहरुको चर्को खेल भइरहेको बताइएको थियो । चीनपक्षधर र भारतअमेरिका पक्षधरको बीचमा निकै रस्सकस्सी रहेको बताइएको थियो । महाशक्ति तथा क्षेत्रीय शक्तिहरु बाहेकका देशहरुमा संसारभर जहाँ पनि कठपुतली सरकार बनाउने चलन र प्रक्रिया व्यापक रहेकाले मालदिप्स पनि यो लबिङबाट अछुतो रहन पुगेको थिएन । नेपालमा भारतले निर्माण गरिदिएको वामको नाममा ओली कठपुतली सरकार सत्तासिन छ । हाल दक्षिण एशियाका कुनै पनि देश विदेशी प्रभावबाट अछुतो छैनन् र अछुतो पनि देखिदैनन् ।
कुरा त कतिसम्म पनि सतहमा आएको छ भने अमेरिकाको निर्वाचनमा रसियाको हस्तक्षेपलाई स्वयम् महाशक्ति देशहरुले लाजै नमानेर बहसको विषय बनाएर कुटनीतिक दबाब र आफ्नो पावर शोको विषय बनाइरहेका छन् ।