काठमाडौं, असोज ९ । फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । विगत लामो समयदेखि क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको पकड रहेको यो अवार्ड पहिलो पटक रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर मोडरिकले तोडेका छन् । 

यो पटक उनीले क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाहलाई पछि पारेका हुन् भने मेस्सी अन्तिम तीनमै मनोनयमा परेका थिएनन् । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।

हार्दिक शुभकामना !

मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए । उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए । ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।

फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर