काठमाडौं, असोज ९ । आजबाट दशैंको लागि अग्रिम टिकट बुकिङ खुलेको छ । नेपाल यातायात व्यवसायी महासंघले बसको बैठकले आज (मंगलबार) बाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यो अघि नै ५ गतेबाट खुल्ला गरिने भनिएको अग्रिम टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए तर पछि सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएकोले मात्रै अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको हो ।
बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो । निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ । रोजगारी, पढाइ लगायतको शिलशीलामा काठमाडौं बस्दै आएका धेरै मानिस दशैं, तिहार र छठ पर्वका लागि आफ्नो मूल थलो फर्किन्छन् ।