तनहुँ, असोज ९ । पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान बस र माइक्रो ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन् ।
बा ३ ख ४४४२ नं. को दमौलीबाट पोखरातर्फ जादै गरेको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस एक आपसमा ठोक्किदा माइक्रोमा सवार दुई यात्रुको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर क्षेत्रीका अनुसार मृत्यु हुनेमा व्यास–४ बस्ने सरस्वती कुवँर छन् भने एक जनाको परिचय खुलेको छैन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै माइक्रो चालक म्याग्दे गाउँपालिका–१ गुणादीका ३० वर्षीय तुल बहादुर विक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । अहिले चालक विक सहित अन्य ७ घाइतेको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।