दिल साहनीमाथि भएको दुर्व्यवहारप्रति क्रान्तिकारी माओवादीसम्बद्ध चार संगठनद्वारा घोर भर्त्सना  

दिल साहनीमाथि भएको दुर्व्यवहारप्रति क्रान्तिकारी माओवादीसम्बद्ध चार संगठनद्वारा घोर भर्त्सना  

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपाल, अखिल नेपाल जनसाँस्कृतिक महासंघ र क्रान्तिकारी पत्रकार महासंघले संयुक्त रुपमा व्यक्तव्य जारी गरी बरिष्ठ साहित्यकार, बुद्धिजीवी तथा पत्रकार सेनानी दिल साहनीमाथि केही भूपू गोर्खा भारतीय सैनिकहरुले गरेको अमानवीय दुव्र्यवहारको घोर भत्र्सना एवं कडा शब्दमा निन्दा गरेका छन् । 

वक्तव्यमा २०७५ असोज ५ गते बुटवल उपमहानगरपालिकाको सभाहलमा जितगढी किल्लामा रहेको भारतीय पेन्सन क्याम्प भारतलाई दिने/नदिने बारेमा भएको छलफलमा साहनीले राष्ट्रिय स्वाधीनताको पक्षमा आफ्ना भनाई राखिरहँदा भूपू भारतीय गोर्खा सैनिकका केही उदण्ड व्यक्तिहरुले साहनीमाथि गरेको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दुव्र्यवहारमा संलग्न माथि कारवाही गर्न समेत माग गरिएको छ । 

नेपाल राष्ट्रिय प्राध्यापक संगठन, अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालका अध्यक्ष हुकुमबहादुर सिंह, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली र क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बरिष्ठ प्रगतिवादी साहित्यकार तथा प्राध्यापक दिल साहनीमाथि भएको केही उदण्ड भारतीय भूपू गोर्खा सैनिकहरुद्वारा भएको सांघातिक आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको हामी तीव्र निन्दा एवं भत्र्सना गर्दछौं । नेपालको राष्ट्रिय स्वाधीनतामाथि पटक पटक हुँदै आएको भारतीय हस्तक्षेप र आक्रमणको विरुद्धमा साहनीले गरेको अभिव्यक्तिको प्रतिवादमा भारतीय दलालहरुले गरेको आक्रमण नेपालको राष्ट्रिय स्वाधीनतामाथिको आक्रमण हो । हामी सबै देशभक्त तथा प्रगतिशील तप्काले एक ढिक्का भएर यस्तो आक्रमणको कडा विरोध जनाउन समेत अपील गर्दछौं ।’