
काठमाडौं, भदौ ३१ । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १४ जनाको मृत्यु भएको छ । म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण प्रत्यक्ष रुपमा ५० लाख मानिस प्रभावित भएका छन् ।
आँधीको कारण फिलिपिन्सका धेरै घरका छाना उडेका छन् । धेरै रुखहरु ढलेका छन् । ४२ स्थानमा भूक्षय गएको छ भने उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । अहिले धेरै व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ । विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले यो आँधीलाई सबैभन्दा शक्तिशाली भनेको छ ।
डब्ल्यूएमओका अनुसार यो आँधी मंगलबारसम्म कमजोर हुने छ । फिलिपिन्सको इतिहासमा हालसम्मकै सबैभन्दा खतरनाक आँधी २०१३ मा आएको थियो जसमा ७ हजार भन्दा बढी व्यक्ति मारिएका थिए ।