निर्मलाको दोषीको खोजी हुनु दाहालको नजरमा बहुमत सरकार विरोधी षड्यन्त्र

निर्मलाको दोषीको खोजी हुनु दाहालको नजरमा बहुमत सरकार विरोधी षड्यन्त्र

काठमाडौं । नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहालले निर्मला पन्तको बलात्कार–हत्या प्रकरणमा दोषीको खोजी गरिनुलाई नेकपाको बहुमतको सरकारविरुद्ध षड्यन्त्रका रुपमा व्याख्या गरेका छन् । विहीवार नेकपाका नेता लेखनाथ न्यौपानेले लेखेको ‘संघर्षको इतिहास’ नामक पुस्तकको विमोचन गर्दा दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनका अभिव्यक्तिहरु निकै अन्तरविरोधी, भ्रामात्मक र विसंगतिपूर्ण रहेका थिए । उनले हातमा संघर्षको दर्शन समाएर देशभरका जनताको राजनीतिक चेतना बढेकोमा निकै चिन्ता जाहेर पनि गरेका थिए । देश अराकतातिर गएको घोषणा पनि गरेका थिए ।

जनताले न्यायको खोजी गरेर बहुमतको सरकारको विरोध गर्ने आँट गरेको पनि भनन भ्याएका थिए । उनले बढेशकालमा घाँटी सुकाएर भन्ने गरेको जनवादी क्रान्ति पूरा भएको कुरा कसैले पनि नपत्याइदिएको गुनासो पनि गरेका थिए ।

उनले देशभर घटिरहेका महिला हिंसाका कुरा निकै लिपापोती गरेर ‘सुन्नै अप्ठ्यारो हुने घटना’का रुपमा चित्रित गर्दै यो पनि बहुमतकै सरकारका विरुद्ध गरिएको षड्यन्त्र भनेका थिए । मानौं बहुमतको सरकार गिराउन देशभर महिला हिंसा भइरहेको छ । तर आश्चर्य श्री ३ जंगबहादुर राणा र श्री ५ महेन्द्रका मुलुकी ऐन र नयाँ मुलुकी ऐनलाई श्री ८ नेकपाको बहुमतको सरकारले देवानी तथा फौजदारी संहिताका नाममा रंगरोगन र अझ निरंकुश बनाउँदै ल्याउँदा पनि यो अराजकता रोकिने छाँटै देखेनन् उनले ।

उनी जनवादी क्रान्तिको मैदान छोडेर भागे, उनलाई जनताले गद्दार र भगौडा करार गरे । उनी कांग्रेससँग सहकार्य गर्न पुगे, जनताले नवप्रतिक्रियावादी भने । जब उनी एमालेमा बिलय भएर सिद्धिए, जनताले नव संभ्रान्त तथा नव दलालका रुपमा उनलाई प्रस्ट देखे । उनले अपरकर्णाली बेचे, जनताले राष्ट्रघाती देखे । उनले भारतीय विस्तारवादसँग देश र जनताविरोधी नयाँ संझौताहरु गरे, जनताले उनलाई लेण्डुप दोर्जे देखे । अहिले कालापानी बेचे, जनताले भारतीय दलाल देखे ।

दाहालले घाँटी सुकुन्जेल समाजवाद निर्माणका कुरा गरे, जनताले फटाह र ढँटुवा देखे । विकास र समृद्धिका कुरा गर्दै देशका नदीनाला र प्राकृतिक स्रोतसाधन भारतलाई सम्पिए, जनताले देशबेचुवा दलाल देखे । अहिले त कालापानी गायब पारिएको नक्सा र निशान छाप देशभर प्रयोगमा ल्याए । जनता आक्रोशित र उत्तेजित छन् । यसैलाई दाहालले बहुमतका विरुद्ध षड्यन्त्र भनी कुर्लिन थालेका छन् ।
देशभर निर्मला पन्तहरु बलात्कृत भई हत्या गरिएका छन् । प्रमाण नस्ट पारिएको छ । अपराधीको संरक्षण गरिएको छ । जनताका लागि सरकारको कहिं पनि उपस्थिति छैन । दाहालले त यो बहुमतको सरकार विरुद्धको षड्यन्त्र भनिरहेका छन् । निर्मलाको बलात्कारी र हत्यारा कतै बहुमतको सरकारको कुन ओहदामा रहेछ ? जनता त्यो कुरा थाह पाउन चाहन्छन् ।

दाहालले ‘संघर्षको इतिहास’ पुस्तक हातमा समाउँदा क्रान्तिकारी रोमाञ्चकताको कुरा पनि गरे । यिनको शिखण्डी ढोंग उपस्थित सबैले हाँसेर उडाइदिएका थिए ।