काठमाडौं, भदौ २७ । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा सोमबार राति खसेको पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएको सडक अहिले एकतर्फी गाडी गुड्न मिल्ने गरी सञ्चालनमा आएको छ ।
अविरल वर्षाका कारण चार किलोमा खसेको पहिरो कारण गत सोमबार रातिदेखि बन्द भएको सडक १८ घन्टापछि मंगलबार साँझ एकतर्फी खुलेको थियो । राति केहीबेर दुईतर्फी नै गाडी चले पनि सबै पहिरो पन्छाउन अहिले गाडी एकतर्फी मात्रै चलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सोमबार रातिदेखि रोकिएका गाडी गन्तब्यमा जान थालेको र तीजका कारण अरु बेला भन्दा धेरै गाडी चलेकाले अहिले मुग्लिन–नारायणगढ सडकमा गाडी चापमा चलिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । दिउँसोसम्म सडक दुइतर्फी नै चलाउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।