काठमाडौं, भदौ २७ । कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरेको आरोपमा प्रहरीले कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ ।
उनलाई मंगलबार बिहान पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु लगिएको छोरा अभ्युदय खनालले बताए । अभ्युदयले बताए अनुसार तीन वर्षअघि रामकेशरसँग देशभक्तले जग्गा खरिद गरेको र उक्त जग्गामा विवाद आएको थियो । निजी गुठी मिसिएको जग्गा आफुलाई थाहा नै नदिई किनाएको भन्दै रामकेशरविरुद्ध देशभक्तले फेसबुकमा लेखेका थिए ।