चाड आयो, नाकामा लुट्न लायो

चाड आयो, नाकामा लुट्न लायो

काठमाडौं । चाडपर्वको मुखैमा आएर भारतीय सीमा प्रहरीहरुले नेपाल भित्र्याइने सामानहरु नाकामा रोकिदिने र पैसा माग्ने गर्न थालेका छन् । केही दिन पहिले मात्र पनि रक्सौलको भन्सार नाकामा १६ वटा ग्यास बुलेट ट्यांकरमा यही ज्यादती गरेका थिए । भारतीय प्रहरीहरुले ती ग्यास ट्यांकरका चालकहरुसँग रहेका ब्लु बुक तथा परिचयपत्र जबर्जस्त खोसेका थिए

यस विषयलाई लिएर सीमा नाकामा केही तनाव पनि उत्पन्न भएको थियो । भारतीय प्रहरीहरुले हातपात गर्नुका साथै धम्क्याउने पनि गरेका थिए । हडताल जस्तो पनि भएको थियो । त्यसलाई पछि सहमतिमा पुर्याएर नाका खोलिएको थियो ।

पारवाहनमा बिक्रेता भन्दा पनि आयातकर्ता निकै लुते र निरीह भएको चालकहरुको भनाइ रहेको छ । स्वयम् भारतीय चालकहरु पनि नेपाली पक्ष निकम्मा र अधिकारविहीन भएकोमा आश्चर्य प्रकट गर्छन् ।

चाडपर्वका मुखमा आएर भारतीय प्रहरीहरुले यस्तै बबन्डर मच्चाउने र पैसा असुली गर्ने गर्दछन् ।