काठमाडौं । आज सेप्टेम्बर ११ देखि १५ तारेखसम्म जम्मा ५ दिन रुसको भोस्टोकमा महासैन्य अभ्यासको थालनी भएको छ । संयोगवस अमेरिकी ट्वीन टावर ढलेकै सेप्टेम्बबर ११ को दिन पारेर सुरु भएको यो अभ्यासले रुसविराधी तथा विशेष गरी अमेरिकलाई केही सैन्य सन्देश दिन खोजेको देखिएको छ । चीन र मंगोलिया समेत्को सहभागितामा हुन लागेको समाजवादी रुसको पाला पछिको अर्को ठूलो यो सैन्य अभ्यासलाई लिएर पश्मिा जगतमा निकै खैलाबैला मच्चिएको छ ।
समकालीन दुनियाँमा सबैभन्दा ठूलो यो सैन्य अभ्यासको उद्घाटन रुसी रक्षा मन्त्री सेर्गेइ सोएगुका अनुसार राष्ट्रपति भ्लादमिर पुटिनले गर्ने छन् । ३ लाख रुसी सैनिक प्रत्यक्ष सहभागी हुने यो महासैन्य अभ्यासमा ३६ हजार आधुनिक ट्यांकहरु, १ हजार भन्दा बढी आधुनिक लडाकु विमानहरु र रुसले भखेरै निर्माण गरेका आधुनिक अस्त्रहरु प्रयोग गरिंदै छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार ‘आक्रामक र अमित्रवत’ व्यवहार बढेको यो बेलामा भोस्टोक–२०१८ सैन्य अभ्यास सुरु भएको छ । हाल १० लाख सैन्य शक्ति रहेको रुसमा जल, थल र वायु गरी तीन थरीका सेनाहरु सहभागी हुँदै छन् । यसमा चीनका ३ हजार २ सय ट्र्रुप, ९०० विभिन्न आधुनिक हतियार र ३० लडाकु विमान सामेल गराएको छ ।
रुसी स्टाफ जनरल भ्यालरी गेरासिमोभका अनुसार रुसले पछिल्लो चरणमा निर्माण गरेका अस्त्रहरु विहीवारको सैन्य अभ्यासमा प्रयोग गरिने भएका छन् । हालसम्म निर्मित रुसी सैंन्य अस्त्रहरुमा सबैभन्दा बढी चर्चामा आएका सुखोइ सु–३५ फाइटर जेट, सुखोइ सु–३४ फूलब्याक फाइटर बम्बर र अत्याधुनिक ट्यांक, ब्याटल ट्यांक तथा क्रुज मिसाइलको प्रयोग यो सैन्य अभ्यासका सबै भन्दा आकर्षक र खतरनाक अभ्यास मानिएका छन् ।
यस भन्दा पहिले सन् १९८१ मा नेटोका विरुद्धमा यस्तै ठूलो सैन्य अभ्यास गरिएको थियो ।