काभ्रे, भदौ २६ । बनेपा–७ मा कुकुर कुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । बनेपाका स्थानीय संविधानबहादुर जोशीको घरमा पालेको कुकुरलाई कुट्ने र धम्क्याउने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयमा दर्ता भएपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामालाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

हार्दिक शुभकामना !

उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’ लाई रडले हानेर खुट्टा भाँचिदिएका थिए । सन्तानझैँ माया गरेर पालेको कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दर्ता गराएको उजुरीमा उल्लेख छ । कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको नेपालमा सम्भवतः यो पहिलो हो ।

‘उजुरी दर्ता गर्ने वा नगर्ने?’ भन्ने सम्बन्धमा प्रहरी अन्योलमा थियो । तर, मुलुकी अपराध संहिता पल्टाएपछि प्रहरी उजुरी लिन बाध्य भयो । ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो, आजको राजधानी दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार