नेपालको टिम विजयी, भुटान ४–० ले पराजित

प्रकाशित मिति : २०७५ भाद्र २२

ढाका, भदौ २२ । जारी साफ सुजुकी कप फुटबलमा नेपाल र भुटानबीच भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानविरुद्ध ४–० गोलको अग्रता लिएर विजय हासिल गरेको हो । बंगलादेशको राजधानी ढाकास्थितको बंगबन्धु रंगशालामा सुरु भएको खेलमा नेपाल आफ्नो पहिलो जितको खोजीमा भौतारिइँरहँदा भुटानलाई पराजित गरी खेलको थप प्रक्रियामा प्रवेश गर्न पाएको हो ।

यसरी नेपालले आफूलाई सेमिफाइनलमा सुरक्षित गरेपछि अब फाइनलमा जानका लागि उसले बंगलादेशको टोलीलाई उसकै गृह मैदानमा हराउनु पर्ने छ ।